आफैंले काटेको रुखले च्यापेर एकजनाको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    आफैंले काटेको रुखले च्यापेर एकजनाको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २८ पुष २०७७, बुधबार

    गोरखा : गोरखामा आफैंले काटेको रुखले च्यापेर एकजनाको मृत्यु भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–३ तान्द्राङमा बुधबार बिहान रुख काट्ने क्रममा त्यही रुखले च्यापेर पाँचथर घर भएका १८ वर्षीय उमेश राईको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    रुख काट्ने क्रममा उनका दाजु पनि सँगै रहेछन्, भाइलाई रुखले चेपेपछि दाजुले स्थानीयसँग हारगुहार गरेका रहेछन्,’ डीएसपी वासुदेव खतिवडाले भन्नुभयो   ‘त्यसपछि घटनाबारे स्थानीयले हामीलाइ खबर गरेका थिए ।’