पीएम कप: गण्डकी प्रदेशमाथि कर्णालीको जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    पीएम कप: गण्डकी प्रदेशमाथि कर्णालीको जित

    खबरपुञ्ज संवाददाता

    ५ माघ २०७७, मंगलवार

    काठमाडौं: प्रधानमन्त्री कप पुरुष क्रिकेट अन्तर्गत आज मुलपानीमा सम्मन्न खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशमाथि जित निकालेको छ। मुलपानी क्रिकेट मैदानमा सम्पन्न खेलमा कर्णालीले ५ विकेटको जित निकालेको हो।

    टस जितेर ब्याटिङमा उत्रिएको गण्डकीले ४२.३ ओभरमा अलआउट हुँदै २०४ रन बनाएको थियो। गण्डकीका लागि राहुल उपाध्यायले सर्वाधिक ५३ रन बनाउँदा अर्जुन कुमालले ४६ रन बनाए। त्यस्तै विपिन खत्रीले ३२ रन बनाउँदा दिनेश बुढामगरले १० रन लिए।

    बलिङतर्फ कर्णालीका दिनेश अधिकारीले सर्वाधिक ३ विकेट लिँदा अनुज चुनरा र दिवान पुनले समान २/२ विकेट लिए। त्यस्तै रवीन्द्र शाहीले एक विकेट लिए।

    जवाफी ब्याटिङमा उत्रिएको कर्णालीले ३६.५ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो।

    कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक अभिजित ६८ रन बनाए।

    त्यस्तै बिपिन रावलले ४९ रन बनाउँदा राज शाहले ३२ र हेमन्त ओलीले २९ रन जोडे।

    बलिङतर्फ गण्डकीका विपिन खत्री एक्लैले ४ विकेट लिँदा सुवास भण्डारीले १ विकेट लिए।

    प्रतियोगितामा दुई खेल खेलेको कर्णालीको यो पहिलो जित हो। त्यस्तै तीन खेल खेलेको गण्डकीको यो दोस्रो हार हो।