तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले जथाभावी निर्माण सामग्री राखी बाटो अवरोध गरे कारवाही गर्ने चेतावनी दिएको छ । मङ्गलबार सूचना प्रकाशित गरी गाउँपालिकाले डुम्रे, बन्दपुर लगायतका बजार क्षेत्रमा जथाभावी निर्माण सामग्री राखी बाटो अवरोध गर्ने, सडकपेटीमा समान राखी विक्री वितरण गर्ने गरेको पाइए कानून बमोजिम कारवाही गर्ने जनाएको हो ।
फोहरमैला जथाभावी फाल्ने तथा निषेधित क्षेत्रमा पार्किङ गर्ने जस्ता कार्यले बजार क्षेत्र अव्यवस्थित बन्ने तथा प्रदूषण एवं दुर्घटना समेत बढ्ने भएकाले यस्ता कार्य रोकी बजार व्यवस्थित बनाउन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले बताउनुभयो ।