३८ विद्यार्थीलाई स्वीटर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • देवघाट

    ३८ विद्यार्थीलाई स्वीटर

    खबरपुञ्ज संवाददाता

    ६ माघ २०७७, बुधबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिका–१ स्थित गोपीटार बाल विकास केन्द्र र चेतना बाल विकास केन्द्रका ३८ विद्यार्थीलाई स्वीटर र शैक्षिक सामग्री वितरण गरिएको छ । गाउँपालिकाको शिक्षा शाखाले गोपीटार बाल विकास केन्द्रका ९ र चेतना बाल विकास केन्द्रका २९ विपन्न विद्यार्थीलाई स्वीटर र शैक्षिक सामग्री वितरण गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष दुर्ग बहादुर थापाले बालबालिकाहरु शिक्षाको ज्योतिबाट वञ्चित हुन नदिनका लागि बाल विकास केन्द्र सञ्चालनमा ल्याइएको र विद्यार्थी सङ्ख्य हेरी केन्द्रलाई आधारभूत विद्यालय बनाउन पहल गरिने बताउनुभयो ।

    शिक्षा शाखा प्रमुख होमनाथ लामिछानेले बाल विकास केन्द्रसँगै गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयहरुको अनुगमन भईरहेको र शैक्षिक सुधार क्रमिक रुपमा अगाडी बढेको बताउनुभयो ।