म्याग्देमा वडा कार्यालय भवन शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा वडा कार्यालय भवन शिलान्यास

    खबरपुञ्ज संवाददाता

    ७ माघ २०७७, बुधबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–४ को वडा भवन निर्माण हुने भएको छ । नयाँ निर्माण हुन लागेको भवनको बुधबार गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो ।

    सबै वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने उद्देश्य रहेको गाउँपालिकाका अध्यक्ष रानाले जानकारी दिनुभयो । भवन शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायतले भवन निर्माण भएपछि सेवा प्रवाहमा सहजता हुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार रु ८७ लाख ५७ हजारमा ठेक्का आह्वान गरिएकामा मूल्याङ्कन अन्तिम चरणमा रहेको छ ।

    गाउँपालिकाले चालु आर्थिक वर्षमा चार वटा वडा कार्यालय भवन निर्माण गर्ने लक्ष्य राखेको छ । सोही बमोजिम वडा नं ४ र ६ को शिलान्यास भएको छ भने ३ र ७ को शिलान्यास हुन बाँकी रहेको अधिकारीले जानकारी दिनुभयो । वडा नं १ र ५ को भवन निर्माण सम्पन्न हुने चरणमा छ । वडा नं २ को भवन भने पुरानै भवनबाट सञ्चालन भइरहेको छ ।

    गाउँपालिकाले प्रमुख प्रशासकीय भवन समेत निर्माण शुरु गरिसकेको छ । दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको भवन रु दश करोड ३५ लाख ६९ हजार ८ सय ८४ को लागतमा निर्माण हुन लागेको हो । चालु आर्थिक वर्षमा रु ६ करोड ८५ लाख ५० हजार २५ र आगामी आर्थिक वर्षमा रु तीन करोड ५० लाख १९ हजार आठ सय ५८ को काम हुनेछ ।

    चालु आर्थिक वर्षमा प्रोटेक्सन वक्र्स, जमिन मिलाउने, कालोपत्रे बाहेक बाटो तयार गर्ने, नाली निर्माण तथा वायोइन्जिनियरिङका काम हुनेछन् । आगामी वर्ष तेस्रो तल्ला भवन निर्माण, बाटो कालोपत्रे र गेट तथा पार्क निर्माण गर्ने लक्ष्य राखिएको छ ।