दुलेगौँडा : कालिका युनाइटेड युथ क्लबको आयोजनामा भएको माघे सक्रान्ति कप भलिबल प्रतियोगिताको उपाधी ठकुरी समाज बाबियोडाँडाले जितेको छ । शुक्लागण्डकी–३ कालिम¥याङमा भएको आँठौ संस्करणको प्रतियोगितामा आयोजकलाई सोझो सेटमा पराजित गर्दै उपाधी पोल्टामा पारेको छ ।
घरेलु मैदानमा निकै कमजोर खेलेको आयोजकको टिमलाई बाबियोडाँडाले २५–१८, २५–१६ को सोझो सेटमा पराजित गरेको हो । उपाधीसंगै बाबियोडाँडाले नगद ४० हजार रुपैयाँसंग ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । दोस्रो भएको आयोजक कालिका युनाइटेडले २५ हजार रुपैयाँमा चित्त बुझायो ।
सनराईज युवा क्लब मोहोरिया स्याङजा तेस्रो र ढोरबाराही साहासी युवा क्लब सान्तवन भए । उनीहरुले क्रमश ः नगद १५ हजार र ५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे । विजेतालाई नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदिप पौडेल, शुक्लागण्डकी नगरपालिकाका मेयर किसान गुरुङ लगायतले पुरस्कार वितरण गर्नुभयो ।
सो अवसरमा बोल्दै युवा नेता पौडेलले खेलकुदमा जस्तै जित र हारलाई सहर्ष स्विकार्न सक्ने गुण लोकतान्त्रिक पद्धतीमा हुनुपर्ने बताउनुभयो ।
मेयर गुरुङले खेलमार्फत खेलाडीले नेपाललाई विश्वभर चिनाउन सफल भएको बताउनुभयो । खेलकुदमार्फत पनि सम्बृद्धी हासिल गर्न सकिने उहाँको भनाई छ ।
वडाध्यक्ष रामकुमार श्रेष्ठले वडाबाट खेलकुद क्षेत्रमा सदैव सघाउने प्रतिबद्धता जनाउनुभयो ।
क्लबका अध्यक्ष राजकुमार आलेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधी कृष्णराज पण्डित, सञ्चारकर्मी ममता गुरुङ आले लगायतले बोल्नुभएको थियो ।