दलभित्र अविश्वास भएपछि जनतामा : मन्त्री गुरुङ
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    दलभित्र अविश्वास भएपछि जनतामा : मन्त्री गुरुङ

    खबरपुञ्ज संवाददाता

    ९ माघ २०७७, शनिबार

    पाेखरा : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसदीय प्रणालीमा प्रधानमन्त्रीलाई आफ्नै दलभित्र अविश्वास गरेपछि जनतामा जानुको विकल्प नरहेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माछापुच्छ्रे गाउँपालिका कमिटीले शनिबार लाहाचोकमा आयोजना गरेको गाउँपालिकास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले संसद् विघटन गरेर जनादेश लिनु अलोकतान्त्रिक र तानाशाही कदम नभएको जिकिर गर्नुभयो ।

    पार्टीको स्थायी कमिटी सदस्यसमेत रहनुभएका नेता गुरुङले भन्नुभयो, “बहुमत प्राप्त दलको नेता प्रधानमन्त्रीलार्ई आफ्नै दलका नेताले अविश्वास र षड्यन्त्र गरिसकेपछि दलमा गएर पुनः सर्मथन देऊ भन्ने कुरा आउँदैन, आफूलाई निर्वाचित गर्ने जनताको बीचमा ताजा जनादेशका लागि जाने निर्णय प्रधानमन्त्रीले गर्नुभयो ।”

    प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा संस्थापन पक्षले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाललगायत कुनै पनि नेतालाई कारवाही नगरेकाले समेत मूलधार सोही पार्टी रहेको भनाइ नेता गुरुङको छ । पूर्वमन्त्री खगराज अधिकारीले प्रचण्ड–नेपाल पक्षले जहिले पनि पदका लागि बार्गेनिङ गर्ने गरेको भन्दै तोकिएको मितिमा निर्वाचन हुने बताउनुभयो ।

    पूर्वमन्त्री जगत् विश्वकर्माले जनताको बीचमा जाने कुरा प्रतिगमन नहुने जनाउँदै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिनुभयो । उहाँले आगामी निर्वाचनमा पनि प्रधानमन्त्री ओलीले नेतृत्व गरेको पार्टीले बहुमत प्राप्त गर्ने दावि समेत गर्नुभयो ।