कालभैरम मन्दिरलाइ डस्टबिन सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    कालभैरम मन्दिरलाइ डस्टबिन सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    दुलेगौँडा : म्याग्दे गाउँपालिका–५ मुलाबारीस्थित कालभैरम मन्दिरको सरसफाईका लागि डस्टबिन सहयोग गरिएको छ । लायन्स क्लब अफ शुक्लागण्डकी र आदर्श नमुना क्लब थर्पुले संयुक्त रुपमा चार थान डस्टबिन सहयोग गरेको हो ।

    सो अवसरमा बोल्दै म्याग्दे गाउँपालिका–५ का वडाध्यक्ष शिवबहादुर आलेले फोहर व्यवस्थापनबारे सबै जानकार हुँदा हुँदै पनि व्यवहारमा उतार्न नसकिएकाे बताउनुभयाे । मन्दिर क्षेत्रमा पर्यटक आउन थालेसँगै जथाभावी फोहर हुन नदिनलाई डस्टबिन सहयोग गरेको आदर्श नमुना क्लबका अध्यक्ष गौरवराज रानाले बताउनुभयो । डस्टबिन सहयोगले फोहोर गर्न हुदैन भन्ने सन्देश पनि प्रवाहा हुने उहाँको भनाई छ ।

    लायन्स क्लब अफ शुक्लागण्डकीका अध्यक्ष वरदान क्षेत्रीले पवित्रभूमिकाे सरसफाईमा सबैको साथ आवश्यक रहेको बताउनुभयो । कालभैरम मन्दिर निर्माण समितिका अध्यक्ष बसन्त आलेको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य चिनीमाया थापा, स्थानीय सुकबहादुर थापा, चित्रबहादुर थापा, गंगा थापा लगायतले बोल्नुभएको थियो ।