लघु उद्यमी सिर्जना गर्ने गरि तालिम सञ्चालन गर्छौ : अध्यक्ष राना
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    लघु उद्यमी सिर्जना गर्ने गरि तालिम सञ्चालन गर्छौ : अध्यक्ष राना

    खबरपुञ्ज संवाददाता

    १२ माघ २०७७, मंगलवार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा वडा न ४ मा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) को वडा स्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले अभिमुखिकरण कार्यक्रमकओ उद्घाटन गर्दै लघु, घरेलु तथा साना उद्यमी सिर्जना गर्ने गरि कार्यक्रम सञ्चालन हुने बताउनुभयो ।

    अध्यक्ष रानाले लघु घरेलु तथा साना उद्योगको विकास र विस्तार अहिलेको आवश्यकता रहेकाले सीप सिकाएर उद्यमी सिर्जना गर्नेसगै दिगो आर्थिक विकास हुने धारणा व्यक्त गर्नुभयो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट गाउँपालिकामा नयाँ उद्यमी सिर्जनाका कार्यक्रम निकै प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत नारायण प्रसाद अधिकारीले बताउनुभयाो । लघु, घरेलु, तथा साना उद्योग सचालन गर्न सीप सिके पश्चात कम लगानीमा घर घरमै उद्योग सञ्चालन गर्न सकिने भएकाले उद्यमीको चहना अनुसार कुशल प्रशिक्षकवाट सीप सिकाई उद्यमी सिर्जना गर्ने उहॉले बताउनुभयो । सो अवसरमा उहॉले कार्यपत्र प्रस्तुत गर्दै मेड्पा कार्यक्रमबाके प्रष्ट पार्नुभएको थियो ।

    कार्यपालिका सदस्य वर्दिका घिमिरेले सीप सिके पश्चात घरेलु उद्योग घरमा नै बसेर सञ्चालन गर्न सकिने भएकाले यसतर्फ लाग्न महिलाहरुलाई आग्रह गर्नुभयो । गरिबी निवारणका लागि लघु उद्यम विकाश (मेड्पा) कार्यक्रम सञ्चालन प्रकृयाबारेमा जनप्रतिनिधिहरू, नागरिक समाजका प्रतिनिधि, उद्यमी, कर्मचारी लगायतलाई जानकारी दिन कार्यक्रम गरिएको उद्योग विकास शाखा प्रमुख प्रदिप न्यौपानेले जानकारी दिनुभयो ।

    वडा स्तरमा सञ्चालित घरधुरी सर्वेक्षण, उधमशिलता तालिम, साप विकास तालिम, बजार सन्जाल, बचत परिचालन लगायतका विषय जानकारी गराई नयाँ उद्यमी ९० र स्तरोन्नति ५० गरि १ सय ३० उद्यमी यस वर्ष सिर्जना गर्ने लक्ष्य रहेक न्यौपानेले जानकारी दिनुभयो । वडा न ४ मा ३० जना नयाँ उद्यमी सिर्जना हुनेछन् । अभिमुखिकरण कार्यक्रम वडा न ४ का अध्यक्ष प्रेम वहादुर आलेको सभापतित्वमा सम्पन्न भएको थियो भने कार्यक्रम गापाका के. पवन कुमार तिवारीले सञ्चालन गर्नुभएको थियो ।