एपीएफलाई हराउँदै आर्मीले जित्यो उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    एपीएफलाई हराउँदै आर्मीले जित्यो उपाधि

    खबरपुञ्ज संवाददाता

    १६ माघ २०७७, शनिबार

    काठमाडाै : एपीएफलाई ३३ रनले पराजित गर्दै त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कपको उपाधि जितेको छ। त्रिवि मैदानमा १७ माघमा भएको फाइनल खेलमा एपीएफलाई ३३ रनले पराजित गर्दै आर्मीले उपाधि जितेको हो। आर्मीले दोस्रो पल्ट उपाधि जितेको हो।

    टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २११ रन बनाएको थियो। आर्मीका लागि हरि चौहानले १०२ बलमा ५८ रन बनाए। त्यस्तै राजेश पुलामीले २८, शहाब आलमले २५, लोकेश बमले १५ र सुशन भारीले १३ रनको योगदान दिए।।

    एपीएफका लागि अविनाश बोहराले चार, किशोर महतोले दुई, कमल ऐरी, भुवन कार्की र शरद भेष्वाकरले एकएक विकेट लिए। उपाधिका लागि ११२ रनको लक्ष्य पछ्याएको एपीएफ ४१.३ ओभरमा सबै विकेट गुमाउँदै १७८ रनमै समेटियो। एपीएफका लागि

    आसिफ शेखले ६१, सन्दीप जोराले २९, शंकर रानाले २१, सुमित महर्जनले १९ र सुवाष खकुरेलले ११ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्। आर्मीलाई उपाधि दिलाउँन बलरहरुले राम्रो प्रदर्शन गरे। आर्मीका लागि बिक्रम सोब, जितेन्द्र मुखिया र शहाब आलमले तीनतीन विकेट लिए। त्यस्तै सुशन भारीले पनि एक विकेट लिए।