थर्पुमा स्वास्थ्य शिविर : तीन सय लाभान्वित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    थर्पुमा स्वास्थ्य शिविर : तीन सय लाभान्वित

    खबरपुञ्ज संवाददाता

    १७ माघ २०७७, शनिबार

    तनहुँ : म्याग्दे पोलिक्लिनिक तथा दमौली प्याथ ल्याबको संयुक्त सहकार्यमा शनिबार तनहुँको थर्पुमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट तीन सय भन्दा बढी लाभान्वित भएका छन् ।

    शिविरमा विभिन्न दीर्घरोगीलाई मध्यनजर गर्दै सुगर, प्रेसर, दम, मुटु, युरिक एसिड र पिसाब सम्बन्धी जाँच गरिएको थियो । आफ्नै गाउँठाउँमा विशेषज्ञ सेवा पाउँदा स्थानीयवासी खुशी भएका छन् ।

    शिविरमा हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा. बुद्धिराज गुरुङ, महिला तथा प्रसुती रोग विशेषज्ञ डा. रुपेशसिंह बस्न्यात, पेट, मुटु, छाती, सुगर तथा थाइराइड रोग विशेषज्ञ डा. सरोज पोख्रेल, इमर्जेन्सी मेडिसिन एण्ड फ्यामिली मेडिसिन विशेषज्ञ डा. अमित तुलाचन, मेडकल अफिसर डा. प्रदीप थापा, डा. निशिकान्त यादव, डा. विवेक श्रेष्ठ, डा. श्याम विक, डा. सिर्जना बराल, डा. श्रेया न्यौपानेले स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।