आदर्श युवा क्लवद्वारा मिर्गौला पीडितलाई सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    आदर्श युवा क्लवद्वारा मिर्गौला पीडितलाई सहयोग

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित आदर्श नमूना क्लवले दुई जना मिर्गौला पीडितलाई आर्थिक सहयोग गरेको छ । क्लवले ऋषिङ गाउँपालिका घर भई हाल म्याग्दे गाउँपालिका–४ बस्ने होमबहादुर थापा र लुमे रिलामी मगरलाई रु चार/चार हजार सहयोग गरेको हो ।

    क्लवका अध्यक्ष गौरवराज रानाले मिर्गौला पीडितको उपचारमा सहयोग पुगोस् भन्नका लागि केही रकम सहयोग गरिएको जानकारी दिनुभयो । क्लवले गरेको सहयोगप्रति मिर्गौला पीडितले आभार व्यक्त गर्नुभयो ।