दुलेगाैडा: खेलकुद विकास समिति शुक्लागण्डकी–६ द्धारा आयोजित बि लेभलको ब्याडमिन्टनको उपाधि कमल राना र लक्ष्मण लामाको जोडीले चुमेको छ । आइतबार भएको फाईनल खेलमा राना र लामाको जोडीले देवबहादुर गुरुङ र मनबहादुर आलेको जोडीलाई २२–२१, २०–१४ को सोझो सेटमा पराजित गर्दै उपाधि रक्षा गरेको हो । राना र लामा जोडीले उपाधिसँगै नगद २१ हजार १ सय ११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ । उपविजेता गुरुङ र आले जोडीले १२ हजार २ सय २२ रुपैयाँमा चित्त बुझाए ।
तेस्रो स्थान हासिल गरेको गोविन्द श्रेष्ठ र धनबहादुर थापासंगै कृष्ण बस्नेत र आशिष श्रेष्ठको जोडीले पाँच हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
सि लेभलतर्फ जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक युवराज तिम्लिसिना र धनबहादुर गुरुङको जोडी पहिलो भए । सागर थापा र सुरव कँडेलको जोडी दोस्रो हुँदा सफल भुजेल र तुलाराम थापाको जोडीले तेस्रो स्थान हासिल गरे । उनीहरुलाई क्रमश : ११ हजार १ सय ११ रुपैयाँ, पाँच हजार ५ सय ५५ रुपैयाँ र चार हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
महिलातर्फ ४० वर्ष माथि उमेर समुहमा चित्रकला आले र पविता आलेको जोडी पहिलो भए । बिष्णु थापा र मिलन रानाको जोडी दोस्रो भए । पहिलो र दोस्रो हुनले क्रमश :तीन हजार तीन सय ३३ रुपैयाँ, दुई हजार दुई सय २२ रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
महिलातर्फ ४० बर्ष मुनिको उमेर समुहको प्रतिष्पर्धामा देवी थापा र सनीसरा थापा पहिलो, सर्मिला थापा र लिला गुरुङ दोस्रो, गंगा राना र सुकु थापा तेस्रो भएका छन् । उनीहरु क्रमश : पाँच हजार पाँच सय ५५ रुपैयाँ, तीन हजार तीन सय ३३ रुपैयाँ र एक हजार रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत भए ।
१३ वर्षमुनिकाे नव खेलाडीको प्रतिष्पर्धामा संगम आले र सुप्रेश आलेको जोडी पहिलो र सुप्रिम थापा र प्रजु थापाको जोडी दोस्रो भए । उनीहरु क्रमश : एक हजार एक सय ११ रुपैयाँ र पाँच सय ५५ रुपैयाँ प्राप्त गरे । विजेता खेलाडीलाई वडाध्यक्ष कृष्णबहादुर पौडेल, शुक्लागण्डकी–७ का वडाध्यक्ष रामबहादुर क्षेत्री थापा, खेलकुद विकास समिति शुक्लागण्डकी–६ का अध्यक्ष बृद्धीबहादुर थापा लगायतले पुरस्कार वितरण गरे ।
त्रिवेणी ब्याडमिन्टन कोट भिमाद चोकमा भएको प्रतियोगितामा १ सय १० जोडीले सहभागिता जनाएका आयोजकले जनाएको छ ।