मेसी र ग्रीजम्यानको गोलमा बार्सिलोना विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    मेसी र ग्रीजम्यानको गोलमा बार्सिलोना विजयी

    खबरपुञ्ज संवाददाता

    १८ माघ २०७७, सोमबार

    एजेन्सी : स्पेनिस ला लिगा अन्तर्गत बार्सिलोनाले एथलेटिक क्लबलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बार्सिलोनाले एथलेटिक क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

    बार्सिलोनाको जितमा लियोनेल मेसी र एन्टोनी ग्रीजम्यानले एक एक गोल गरेका थिए । एथलेटिकका लागि एक गोल बार्सिलोनाकै जोर्डी अल्बाले आत्मघाती गोल गरेका थिए ।

    यो जितपछि बार्सिलोना ला लिगाको अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । बार्सिलोनाको २० खेलमा ४० अंक भएको छ भने तेस्रो स्थानमा झरेको रियल म्याड्रिडको पनि २० खेलमा ४० अंक नै रहेको छ ।

    त्यस्तै शिर्ष स्थानमा रहेको एटलेटिको म्याड्रिडको भने १९ खेलमा ५० अंक रहेको छ । त्यस्तै एथलेटिक क्लबको २० खेलमा २४ अंक रहेको छ र लिगमा ११औ स्थानमा रहेको छ ।