म्याग्देमा अत्याधुनिक सभाहल निर्माण हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा अत्याधुनिक सभाहल निर्माण हुने

    खबरपुञ्ज संवाददाता

    १९ माघ २०७७, सोमबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा अत्याधुनिक सभाहल निर्माण हुने भएको छ । म्याग्दे गाउँपालिका–३ बेल्टारमा निर्माण हुने सभाहलको सोमबार जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले शिलान्यास गर्नुभएको छ । करिब रु ९ करोड ५० लाखको लागतमा सभाहल निर्माण हुन लागेको हो ।

    कार्यक्रमलाई सम्बोधन गर्दै समन्वय समितिका प्रमुख वाग्लेले सभाहल निर्माणपछि ठूला कार्यक्रम, गोष्ठि, सेमिनार सञ्चालनका लागि सहयोग पुग्ने बताउनुभयो । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिकाले क्रमिक रुपमा विकास निर्माणका कार्यलाई अगाडी बढाउँदै लगेको बताउनुभयो ।

    म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले पहिलो चरणमा रु ६ करोडको लागतमा एक तला सभाहल निर्माण हुने जानकारी दिनुभयो । विसं २०७८ को दशै अगावै सभाहल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।