आज क्रिस्टियानो रोनाल्डोको जन्मदिन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    आज क्रिस्टियानो रोनाल्डोको जन्मदिन

    खबरपुञ्ज संवाददाता

    २२ माघ २०७७, शुक्रबार

    एजेन्सी : पाेर्चुगलका कप्तान तथा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डोले आज आफ्नो जन्मदिन मनाउदै छन् । रोनाल्डले आज आफ्नो ३६औं जन्मदिन मनाउदै छन् ।  सन् १९८५  फेब्रुअरी ५का दिन रोनाल्डो पोर्चुगलको फञ्चल, म्याडेइराको एक बस्ती सान्तो आन्तोनियोमा माता मारिया डोलोरेस डस सान्तोस अभेइरो र पिता होजे डिनिस अभेइरोका कान्छा सन्तानको रूपमा भएको थियो ।

    उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डीु ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भएका थिए। उनले चार पटक बेलन डिुओर जितिसकेका छन्। उनी युरोपको उत्कृष्ट ५ लिग, युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ। 

    उनी चारपटक युरोपेली गोल्डेन जुत्ता जित्ने पहिलो खेलाडी हुन्। सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ६०० भन्दा बढी गोल गरिसकेका छन्। उनीले  राष्ट्रिय फुटबल टोलीको सबैभन्दा धेरै खेल खेल्ने र सर्बाधिक गोल गर्ने खेलाडी पनि हुन्। उनलाई सन २०१६ र २०१७ मा इएसपिएन र फोर्ब्सले क्रमशस् सबैभन्दा चर्चित र सबैभन्दा धेरै कमाउने खेलाडी घोषणा गरेका थिए।