बेटिसलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बेटिसलाई हराउँदै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०७७, सोमबार

    एजेन्सी : रियल बेटिसलाई ३-२ ले पराजित गर्दै बार्सिलोना स्पानिस लालिगाको दोस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा बार्सिलोनाले सुरुमा गोल खाएर पनि पुनरागमन गरेको हो । बार्सिलोनाको जितमा लिओनल मेसी र ट्रिनकाओले एक-एक गोल गरे । एक गोल उपहार पाएको थियो ।

    घरेलु मैदानमा बोर्या इगलेसिसले गोल गर्दै ३८औं मिनेटमा बेटिसलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफमा मैदान प्रवेश गरेका मेसीले ५९औं मिनेटमा बार्साका लागि बराबरी गोल फर्काए ।

    ६८औं मिनेटमा भिक्टोर रुइजले आत्मघाती गोल गर्दा बार्सिलोनाले २-१ को अग्रता लियो । ७५औं मनटमा रुइजले नै बेटिसका लागि बराबरी गोल गरे ।

    ८७औं मिनेटमा ट्रिनकाओले गोल गरेपछि बार्सिलोना विजयी भएको हो ।

    जितपछि बार्सिलोनाले २१ खेलबाट रियल मड्रिड समान ४३ अंक जोडेको छ । गोल अन्तरमा बार्सिलोना अघि रहेको हो । बेटिस २२ खेलबाट ३० अंकसहित सातौं स्थानमा छ ।