कक्षा १ मा पढ्ने बालिका बलात्कृत !
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    कक्षा १ मा पढ्ने बालिका बलात्कृत !

    खबरपुञ्ज संवाददाता

    २५ माघ २०७७, सोमबार

    गोरखा : कक्षा १ मा पढ्ने ४ वर्षीया बालिकालाई बलात्कारको आरोपमा ६ कक्षामा पढ्ने १३ वर्षीय बालक पक्राउ परेका छन् । गत मंगलबार विद्यालयको शौचालयमा बालिकालाई बलात्कार गरेको भन्दै पीडितका आफन्तले प्रहरीमा किटानी जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले जानकारी दिनुभयो ।

    सोही जाहेरीका आधारमा आरोपितलाई पक्राउ गरी जबरजस्ती करणी शीर्षकमा मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको उहॉले बताउनुभयो ।माघ २० गते अपराह्नतिर घटना घटेको खुल्नमा आएको प्रहरीले जनाएको छ ।

    ‘घटनाबारे बालिकाले आमालाई भनिछन्, भोलिपल्ट एसेम्ब्लीमा यो केटा हो भनेर देखाएपछि किशोरलाई पक्राउ गरेका हौं,’ उहॉले भन्नुभयो ।गोरखा अस्पतालमा बालिकाको स्वास्थ्य परीक्षण भएको र स्वास्थ्य अवस्था सामान्य रहेको चिकित्सकको भनाइ उदृत गर्दै प्रहरीले जनाएको छ ।