दमौलीबाट पक्राउ परेका युवालाई १८ वर्ष कैद
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    दमौलीबाट पक्राउ परेका युवालाई १८ वर्ष कैद

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०७७, मंगलवार

    लमजुङ: १३ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा लमजुङ जिल्ला अदालतले एक युवकलाई १८ वर्ष कैद सजाय सुनाएको छ ।

    पीडित किशोरीलाई ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन समेत अदालतले आदेश दिएको छ । जिल्ला न्यायधीश हरिश्चन्द्र ढुंगानाको इजलासले मध्यनेपाल नगरपालिका-६ भोर्लेटारका २५ वर्षीय सोनम धिंगाललाई कैद फैसला तोक्दै पीडितलाई जरिवाना गर्न आदेश जारी गरेको अदालतका स्रेस्तेदार उदयराज काफ्लेले जानकारी दिनुभयो  । उहॉका अनुसार मंगलबार तोकिएको मुद्दा पेशीको अन्तिम किनारा लगाउँदै धिंगालविरुद्ध फैसला भएको हो । ती युवकलाई प्रहरीले वैशाख ३० गते दमौलीबाट पक्राउ गरेको थियो।

    यसअघि गत जेठ २० गते थुनछेक बहस हुँदा धिंगाललाई पुर्पक्षका लागि थुनामा पठाउन न्यायधीश ढुंगानाले आदेश दिएका थिए । अदालतले यही माघ १३ गते धिंगालले कसुर गरेको ठहर गरेको थियो ।