लघु उद्यमी सिर्जना गर्न म्याग्देमा उद्यमशीलता तालिम
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    लघु उद्यमी सिर्जना गर्न म्याग्देमा उद्यमशीलता तालिम

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०७७, बिहीबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गतको उद्यमशीलता तालिम बिहीबार सम्पन्न भएको छ । म्याग्दे गाउँपालिका–४ मा सञ्चालित तालिममा ४२ जना उद्यमीको सहभागिता थियो ।

    म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले सहभागीलाई प्रमाणपत्र वितरण गर्नुभयो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष रानाले लघु, घरेलु तथा साना उद्यमी सिर्जनाका लागि उद्यमशीलता विकास र सीप विकास तालिम प्रभावकारी हुने बताउनुभयो ।

    No description available.

    उपाध्यक्ष घिमिरेले स्वरोजगार बन्ने गरी सीप सिक्न सहभागीलाई आगह गर्दै स्थानीय कच्चा पदार्थमा आधारित सीप सिक्दा उद्यमीले सीप विकास पश्चात् व्यवसाय गर्न सक्ने बताउनुभयो । गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमबाट गाउँपालिकामा नयाँ उद्यमी सिर्जना गर्न तालिम प्रभावकारी हुने प्रमुख प्रशासकीय अधिकृत अधिकारीले बताउनुभयो । लघु, घरेलु, तथा साना उद्योगहरू सञ्चालन गर्न सीप सिके पश्चात कम लगानीमा घरघरमै उद्योग सञ्चालन गर्न सकिने उहाँले बताउनुभयो ।

    उद्योग विकास शाखा प्रमुख प्रदिप न्यौपानेले उद्यमशीलता तालिम लिएकालाई सीप विकास तालिममा सहभागी गराइने बताउनुभयो । गाउँपालिकामा यस वर्ष नयाँ उद्यमी ९० र स्तरोउन्नति ५० गरी १ सय ४० उद्यमी सिर्जना गर्ने लक्ष्य रहेको न्यौपानेले जानकारी दिनुभयो ।