बायर्न म्युनिखलाई फिफा क्लब विश्वकप फुटबलको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बायर्न म्युनिखलाई फिफा क्लब विश्वकप फुटबलको उपाधि

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०७७, शुक्रबार

    एजेन्सी : जर्मन क्लब बायर्न म्युनिखले अन्तराष्ट्रिय फुटबल महासंघ फिफा क्लब विश्वकप फुटबलको उपाधि जितेको छ । कतारमा भएको फाइनलमा मेक्सिकोको टाइग्रेसलाई १–० गोल अन्तरले हराउँदै बायर्न च्याम्पियन बनेको हो ।

    कतारको अहमेद विन अली स्टेडियममा बायर्नलाई जित दिलाउन बेन्जामिन पाभर्डले खेलको ५९ औं मिनेटमा निर्णायक गोल गरे । यससंगै बायर्नले दोस्रो पटक क्लब विश्वकपको उपाधि जितेको छ ।

    पछिल्लो ९ महिनाभित्र बायर्नले जितेको यो छैटौ फुटबल उपाधि हो । पछिल्लो समय बायर्नले यूईएफए सुपर कप, जर्मन सुपर कपको उपाधि जितेको थियो । यस अघि बायर्नले सेमिफाइनलमा इजिप्टको अल एहलीलाई २–० गोल अन्तरले हराएको थियो ।