सभ्य समाज निर्माणकाे परिकल्पनामा प्रदेश सरकार : मन्त्री चुमान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    सभ्य समाज निर्माणकाे परिकल्पनामा प्रदेश सरकार : मन्त्री चुमान

    खबरपुञ्ज संवाददाता

    २९ माघ २०७७, शुक्रबार

    तनहुँ : गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमानले सभ्य समाज निर्माणकाे परिकल्पनामा प्रदेश सरकार लागिपरेकाे बताउनुभएकाे छ । मन्त्रालयकाे आयाेजनामा तनहुँकाे बन्दीपुरमा शुरु प्रशिक्षक प्रशिक्षण कार्यक्रममा मन्त्री चुमानले समाजमा हुने गरेको विकृति विसङ्गति हटाउँदै सभ्य समाज निर्माणका लागि प्रदेश सरकार लागिपरेकाे बताउनुभयाे ।

    गण्डकी प्रदेशको मनाङ र मुस्ताङ बाहेकका प्रत्येक पालिकाका एक/एक माध्यमिक विद्यालयका सामाजिक विषयका शिक्षकहरुका लागि आयाेजित तालिममा मन्त्री चुमानले अधिकार खाेज्ने तर कर्तव्य बिर्सिने जमात बढिरहेकाले समस्या उत्पन्न भएकाे बताउनुभयाे ।

    बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सभ्य समाज निर्माणका लागि सानै उमेरदेखि अनुशासनको पाठ सिकाउनुपर्ने बताउनुभयाे ।

    भावी पुस्तालाई कसरी राम्रो बनाउन सकिन्छ, कसरी सुसंस्कार सिकाउन सकिन्छ, कसरी सभ्य नागरिक बनाउन सकिन्छ र किशोर किशोरीमा हुने नकारात्मक सोंचलाई कसरी सकारात्मक बनाउन सकिन्छ भन्ने उदेश्यका साथ विभिन्न कार्यक्रम अगाडी बढाइएकाे मन्त्रालयका उपसचिव काशीराम गैह्रेले जानकारी दिनुभयाे । तालिम फागुन १ गतेसम्म सञ्चालन हुनेछ ।