टाइगर कपको उपाधि गण्डकीलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    टाइगर कपको उपाधि गण्डकीलाई

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०७७, शनिबार

    पाेखरा : पोखरामा जारी टाइगर कप भलिबलको पुरुष तर्फको उपाधि घरेलु टोली गण्डकी प्रदेशले हात पारेको छ । उसले शनिबार पोखरा रंगशालामा भएको निकै  प्रतिस्पर्धात्मक खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो ।

    गण्डकीले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पार्दा आर्मीले दोस्रो सेट २५–२१ ले जितेको थियो  । निकै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट गण्डकीले ३२–३० ले जित्दै खेलमा अग्रता लिए पनि चौथो सेट २५–२३ ले आफ्नो पक्षमा पार्दै आर्मीले खेललाई पाँचौ सेटसम्म पु¥याएको थियो । पाँचौं तथा अन्तिम सेट १५–११ ले जित्दै गण्डकीले उपाधि हात पारेको हो ।

    विजेता बनेको गण्डकीले १ लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्दा उप विजेतामा बनेको आर्मीले ७५ हजार प्राप्त ग¥यो । तेस्रो बनेको नेपाल पुलिस क्लबले ३५ हजार रुपैयाँ पुरस्कार पायो ।