‘म्याग्दे गाउँपालिका’ खण्डकाव्य विमोचन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    ‘म्याग्दे गाउँपालिका’ खण्डकाव्य विमोचन

    खबरपुञ्ज संवाददाता

    ३० माघ २०७७, शनिबार

    तनहुँ : साहित्यकार कालीदास भट्टराईद्वारा लिखित ‘म्याग्दे गाउँपालिका’ खण्डकाव्यको शनिबार विमोचन गरिएको छ । म्याग्दे साहित्य समाजले म्याग्दे गाउँपालिका–४ मा शनिबार आयोजना गरेको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष मायादेवी राना र उपाध्यक्ष बालकृष्ण घिमिरेले उक्त खण्डकाव्यको विमोचन गर्नुभयो ।

    सो अवसरमा गाउँपालिकाका अध्यक्ष रानाले समृद्ध गाउँपालिका निर्माणका लागि साहित्यकारले कलमको माध्यमबाट योगदान दिन सक्ने बताउनुभयो । खण्डकाव्यमाथि गहेन्द्रप्रसाद घिमिरे र टेकुमाया सिग्देलले समिक्षा गर्नुभएको थियो ।

    सोही अवसरमा रुपक वनवासी, टेकुमाया सिग्देल, शारदा काफ्ले लगायतले कविता वाचन गर्नुभएको थियो । साथै कविता वाचन प्रतियोगितामा प्रथम हुने बसन्त कुमाल, द्वितीय हुने विनिता श्रेष्ठ र तृतीय हुने सरस्वती विकलाई चन्द्रमणि अधिकारीबाट पुरस्कृत गरिएको थियो ।