उपसचिव नागिलालाई म्याग्देको बधाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    उपसचिव नागिलालाई म्याग्देको बधाई

    खबरपुञ्ज संवाददाता

    २ फाल्गुन २०७७, आईतवार

    तनहुँ : उपसचिव पदमा बढुवा भएर पाल्पाको रामपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा पदस्थापन हुनुभएका हरिराम नागिलालाई तनहुँको म्याग्दे गाउँपालिकालाई बधाई ज्ञापन गरेको छ । म्याग्देका पूर्व प्रमुख प्रशासकीय अधिकृत नागिलालाई गाउँपालिकाले आइतबार बधाई ज्ञापन गरेको हो ।

    गाउँपालिकाका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी लगायत कर्मचारीले नागिलालाई बधाई ज्ञापन गर्दै म्याग्देको अनुभव रामपुरमा प्रयोग गर्न सुझाव दिनुभयो । गाउँपालिका अध्यक्ष रानाले नागिला एक कुशल प्रशासक रहेको चर्चा गर्नुभयो । सो अवसरमा नागिलाले म्याग्दे गाउँपालिकाबाट आफूले धेरै कुरा सिक्न पाएको बताउनुभयो ।