बार्सिलोनालाई पीएसजीको चुनौती, नेयमार नखेल्ने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोनालाई पीएसजीको चुनौती, नेयमार नखेल्ने

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७७, मंगलवार

    एजेन्सी : च्याम्पियन्स लिग फुटबलअन्तर्गत पहिलो लेगमा आज (मंगलबार) राति स्पेनिस क्लब बार्सिलोनाले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)सँग खेल्दैछ । बार्सिलोनाको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै दुवै टोली आफ्नो अग्रता बढाउने योजनामा छन् । घरेलु मैदानमा हुने खेल भएकाले बार्सिलेनालाई आजको खेलमा सहज जितको अपेक्षा हुनेछ ।

    लियोनल मेसीको कप्तानीमा उत्रने बार्सिलोना यो सिजन खास्सै राम्रो अवस्थामा छैन । ला लिगको पछिल्लो खेलमा फराकिलो जित निकालेको बार्सिलोना आजको खेलमा पनि सहज जित निकाल्ने योजनामा छ । पीएसजी पनि बार्सिलोनाविरुद्ध पहिलो लेगमा फराकिलो अन्तर बनाउने योजनामा छ । पीएसजी सन् २०१६–१७ को च्याम्पियन्स लिगको अन्तिम १६ मा व्यहोरेको फराकिलो हारको बदला लिने योजनामा छ । त्यतिबेला पहिलो लेगमा ४–० को जित निकालेको पीएसजीले दोस्रो लेगमा ६–१ को हार व्यहोरेको थियो । पीएसजी आजको खेलमा नेयमारविना नै मैदानमा उत्रने छ ।

    आजको खेलमा केलियन एम्बाप्पेले पीएसजीको लाइन सम्हाल्नेछन् । बार्सिलोनामा लागि एन्टोनी ग्रिजम्यान, पेड्रीलगायतका खेलाडी हुनेछन् ।