तनहुँ : राष्ट्रिय समाचार समिति (रासस) बाट गण्डकी प्रदेशका चार पत्रकार पुरस्कृत हुनुहुने भएको छ। राष्ट्रिय समाचार समिति (रासस) को ६० औँ वार्षिकोत्सवको अवसरमा वर्षभरिको मूल्याङ्कनका आधारमा गण्डकी प्रदेशबाट चार पत्रकार पुरस्कृत हुन लाग्नुभएको हो ।
फोटोतर्फ राधिका कंडेललाई पुरस्कार प्रदान गर्न लागिएको हो । त्यस्तै कास्कीका कृष्ण दवाडी, बागलुङका सुवास गौतम र तारानाथ आचार्य पनि पुरस्कृत हुँदै हुनुहुन्छ । फागुन ७ गते काठमाडौमा हुने विशेष समारोहमा उहॉहरुलाई पुरस्कार प्रदान गरिनेछ ।