गण्डकी प्रदेश सरकारका तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    गण्डकी प्रदेश सरकारका तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठसहित)

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७७, मंगलवार

    पोखरा : गण्डकी प्रदेश सरकारले आफ्नो तीन वर्षे कार्यकालमा भएका उपलब्धि सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सरकारद्वारा मंगलबार आयोजित तेस्रो वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन वर्षमा प्रदेश सरकारले गरेका मूख्य उपलब्धि सार्वजनिक गर्नुभएकाे हाे।

    प्रदेश सरकारले तीन वर्षको अवधिमा ४६ वटा ऐन र १० वटा नियमावली बनाएको मुख्यमन्त्री गुरुङले जानकारी दिनुभयाे । उहाँले तीन वर्षमा प्रदेशभित्र कालोपत्रे सडक १ सय ३७ किलोमिटर र ग्राभेल डिक २ सय ९२ किलोमिटर निर्माण सम्पन्न भएको जानकारी दिनुभयाे ।

    त्यसैगरी आर्थिक वर्ष २०७५÷०७६मा प्रदेशको कूल ग्रार्हस्थ उत्पादन ३ खर्ब ८अर्ब ९१ करोड रहेकोमा आर्थिक वर्ष २०७६÷०७७ मा ३ खर्ब २६ अर्ब ८७ करोड पुगेको उहाँले बताउनुभयाे ।
    प्रदेशमा वित्तीय संस्थाको लगानी आर्थिक वर्ष २०७५÷०७६ मा १६.८६ प्रतिशतले र आर्थिक बर्ष २०७६÷०७७ मा १९.८७ प्रतिशतले वृद्धि भएको उहाँकाे भनाइ थियो । 

    पूर्णपाठका लागि क्लिक गर्नुहाेस्

    https://drive.google.com/file/d/1x8bVd3YNgkL_9vcMZ40v8D0pd9EGw7bS/view?usp=sharing