विद्यार्थीलाई पोशाक र छाता
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    विद्यार्थीलाई पोशाक र छाता

    खबरपुञ्ज संवाददाता

    ५ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : नवलपुरको गैडाकोट नगरपालिका–३ ढोडेनीस्थित जुना प्राथमिक विद्यालयका विद्यार्थीलाई पोशाक र छाता वितरण गरिएको छ । छङ्गेली नेवाः खल दमौलीका अध्यक्ष सुकनारायण मल्लको सहयोगमा विद्यालयमा अध्ययनरत विद्यार्थीलाई बिहीबार जुत्ता, चप्पल, छाता र मोजा वितरण गरिएको हो ।

    विद्यालयमा अध्ययनरत ५५ जना विद्यार्थीलाई नेपाल आदिवासी जनजाति महासङ्घ तनहुँका अध्यक्ष बसुन्धरा घर्ती र तनहुँ नेवा खलका अध्यक्ष क्या. तारा मल्लले उक्त सामग्री प्रदान गर्नुभएको छ । आर्थिक रुपमा विपन्न विद्यार्थीलाई उक्त सहयाेग गरिएकाे हाे ।