म्याग्दे र दक्षिणकालीबीच अनुभव आदानप्रदान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे र दक्षिणकालीबीच अनुभव आदानप्रदान

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७७, मंगलवार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका र काठमाडौको दक्षिणकाली नगरपालिकाबीच मङ्गलबार अनुभव आदानप्रदान गरिएको छ । दक्षिणकाली नगरपालिकाका उपप्रमुख बसन्ती तामाङ डङ्गोलको नेतृत्वमा आएको जनप्रतिनिधि र कर्मचारीको टोलीले म्याग्दे गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीसँग भेटघाट गर्दै अनुभव आदानप्रदान गरेको हो ।

    May be an image of 3 people, people standing, people sitting and indoor

    सो अवसरमा दुवै स्थानीय तहमा भइरहेका विकास निर्माण, आइपरेका समस्या र समाधानका उपायका बारेमा छलफल गरिएको थियो । म्याग्दे गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले गाउँपालिकाले गरिरहेको कामका बारेमा दक्षिणकाली नगरपालिकाको टोलीलाई जानकारी गराउनुभयो । सोही अवसरमा रानाले गाउँपालिकाले निर्माण गरेको लोगो दक्षिणकालीका उपप्रमुख डङ्गोललाई हस्तान्तरण गर्नुभयो ।

    May be an image of 6 people, people standing and indoor

    उक्त अवसरमा विकास निर्माण, न्यायिक समितिले गरेका काम, ऐन, कानून लगायतका विषयमा अनुभव आदानप्रदान गरिएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । कार्यक्रममा म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरे, दक्षिणकाली नगरपालिकाका प्रवक्ता अमृका बलामी लगायतले दुवै स्थानीय तहबीच भाइचाराको विकास सम्बन्धका लागि भेटघाट फलदायी हुने बताउनुभयो ।