मर्स्याङ्दी युथ क्लबलाई प्रथम आँबुखैरेनी कपको उपाधि
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    मर्स्याङ्दी युथ क्लबलाई प्रथम आँबुखैरेनी कपको उपाधि

    खबरपुञ्ज संवाददाता

    १० फाल्गुन २०७७, मंगलवार

    तनहुँ : प्रथम आँबुखैरेनी रंगशाला कप सेभेन ए साइड नकआउट फुटबल प्रतियोगिताको उपाधि मर्स्याङ्दी युथ क्लबले जितेको छ । मंगलबार भएको फाइनल खेलमा सत्रसय बी लाई ० का विरुद्ध ४ गोल गर्दै आँबुखैरेनीको मर्स्याङ्दी युथ क्लबले प्रथम आँबुखैरेनी रंगशाला कपको उपाधि जितेको हो ।

    खेलमा मर्स्याङ्दी युथ क्लबका श्रीकृष्ण रानाले ह्याट्रीक गर्नुभयो । सेमिेफाइनलमा एपोलो मुग्लिङ्गलाई २–० गोल अन्तरले हराउँदै मर्स्याङ्दी युथ क्लबले फाईनलको यात्रा तय गरेको थियो। सत्रसय बीले मार्कीचोक युवा क्लबलाई ४–३ गोल अन्तरले पराजित गर्दै फाईनलको यात्रा तय गरेको थियो ।

    जितसँगै मर्स्याङ्दी युथ क्लबले नगद रु ५० हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको छ भने उपविजेता सत्रसय बीले नगद रु २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पारेको आयोजक मार्कीचोक युवा क्लबका अध्यक्ष आदम गुरुङले जानकारी दिनुभयो ।

    (रामबहादुर धामीको सहयोगमा)