च्याम्पियन लिगमा वायर्न म्यूनिखको सानदार जीत
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    च्याम्पियन लिगमा वायर्न म्यूनिखको सानदार जीत

    खबरपुञ्ज संवाददाता

    ११ फाल्गुन २०७७, बुधबार

    एजेन्सी : च्याम्पियन लिगको साविक विजेता वायर्न म्यूनिखले सानदार जीत हासिल गरेको छ । आज बिहान सम्पन्न च्याम्पियन लिग अन्तिम १६ को पहिलो लेगमा वायर्न म्यूनिखले लाजियोलाई उसैको घरेलु मैदानमा ४-१ को फराकिलो जीत निकालेको हो ।

    खेलको पहिलो हाफको नवौं मिनेटमा लेवान्डोस्कीले गरेको गोलबाट अग्रता कायम गर्न सुरु गरेको वायर्नले पहिलो हाफको समाप्तीसँगै ३-० ले लाजियोलाई पछि पारेको थियो ।

    दोस्रो हाफमा अर्को एक गोल खाँदै ४-० को पछि परेको लाजियोले खेलको ४९औं मिनेटमा सान्तवना गोल गरेको थियो ।

    त्यसैगरी आज बिहान सम्पन्न अर्को खेलमा एट्लेटीको म्याड्रिड चेल्सीसँग स्तब्ध बन्न पुगेको छ । आफ्नै घरेलु मैदानमा एट्लेटिको म्याड्रिड चेल्सीसँग शून्यका विरुद्ध एक गोलले पराजित भएको हो ।

    पहिलो हाफ गोलरहित बराबरीमा खेलेको चेल्सीले दोस्रो हाफको ६८औं मिनेटमा गोल गरेपछि यो गोल नै निर्णायक गोल बन्न पुग्यो ।-