पोखरा : युनियन लाइफ इस्योरेन्स पोखरा न्यूरोड शाखाले मृत्यु दावी रकम हस्तान्तरण गरेको छ । स्थायी ठेगाना हटौँडा घर भई हाल पोखराको ड्यामसाइडमा बस्ने सन्तोष पौडेलको निधन भएकामा उहाँकी श्रीमती सोनाम पौडेललाई बीमा रकम हस्तान्तरण गरिएको हो ।
गतवर्ष २५ लाखको बीमा गर्नुभएका सन्तोषले पहिलो किस्ता तिरेपनि दोश्रो किस्ता तिर्न ढिलो गरेकाले २५ लाख र एक वर्षको बोनस सहित दिनुपर्नेमा नियमानुसार रु २४ लाख ३८ हजार ८८ काे चेक युनियन लाइफ इस्योरेन्स गण्डकीका प्रमुख टुल्कनाथ आचार्य, बागमती प्रमुख हरि प्रसाद ढुङ्गाना र न्युरोड शाखाका प्रमुख जसमान महराले संयुक्त रुपमा हस्तान्तरण गर्नुभयाे ।
कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्सका गण्डकी प्रमुख टुल्कनाथ आचार्यले बीमाको महत्वको बारेमा जानकारी गराउनुभयो । पछिल्लो समय बीमा गराउने क्रम बढेपनि बीमा कतिको गर्ने भन्ने बारेमा जनचेतना फैलाउन नसकिएको युनियन लाइफ इन्स्योरेन्स बागमतीका प्रमुख हरि प्रसाद ढुङ्गानाले बताउनुभयो ।
कार्यक्रममा युनियन लाइफ इन्स्योरेन्स न्युरोड शाखाका प्रमुख जसमान महराले बीमाको रकम समयमा भुक्तानी गर्नुपर्ने बताउनुभयो ।