तनहुँ : तनहुँको ऋषिङ गाउँपालिकाको आयोजनामा जारी प्रथम ऋषिङ कप भलिबल प्रतियोगितामा आइतबार भीमाद नगरपालिका र घिरिङ गाउँपालिका विजयी भएको छ। भीमादले आयोजक ऋषिङ ‘ए’ लाई र घिरिङले ऋषिङ ‘बी’ लाई पराजित गरेको हो।
शनिबारदेखि गाउँपालिकाले पालिकास्तरीय भलिबल प्रतियोगिता आयोजना गरेको हो। प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख ३५ हजार, द्वितीय हुनेलाई रु ८० हजार र तृतीय हुनेलाई रु ५० हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगितामा तनहुँका अतिरिक्त छिमेकी पालिकाको पनि सहभागिता रहेको छ।