प्रधानमन्त्री ओलीद्वारा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    प्रधानमन्त्री ओलीद्वारा गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०७७, सोमबार

    पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको शिलान्यास गर्नुभएकाे छ । पोखरा नदीपुरस्थित गण्डकी प्रदेश सभा भवन नजिकै बन्‍न लागेको प्रशिक्षण प्रतिष्ठानको सोमबार प्रधानमन्त्री ओलीले शिलान्यास गर्नुभएकाे हाे । प्रतिष्ठान ३३ करोड २१ लाख ५५ हजार रुपैयाँ लागतमा बनाउन लागिएको हो ।

    प्रदेश र स्थानीय तहका सरकारी र सार्वजनिक संस्थाका कर्मचारीहरुको क्षमता विकास र कार्यसम्पादनमा सहयोग गर्न गण्डकी प्रदेश सरकारले प्रतिष्ठानले  गठन गरेको हो। अध्ययन अनुसन्धानलाई प्रदेश तथा स्थानीय तहका नीति तथा कार्यक्रममा प्रयोग गरी प्रभावकारितामा अभिबृद्धि गर्ने कार्यमा प्रतिष्ठान केन्द्रित रहने छ । सबै तहका सरकार, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसँग हातेमालो प्रतिष्ठानले गर्ने छ ।