नारी दिवसमा म्याग्देमा छात्रा फुटबल, एकल महिलालाई सम्मान
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    नारी दिवसमा म्याग्देमा छात्रा फुटबल, एकल महिलालाई सम्मान

    खबरपुञ्ज संवाददाता

    १७ फाल्गुन २०७७, सोमबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले माध्यमिक विद्यालयस्तरीय छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको अघ्यक्षतामा सोमबार सम्पन्न बैठकले नारी दिवसको अवसरमा छात्रा फुटबल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।

    फागुन २२ र २३ गते राधा माध्यमिक विद्यालयको खेलमैदानमा फुटबल आयोजना गर्ने निर्णय भएको गाउँपालिकाका उद्योग शाखा प्रमुख प्रदीप न्यौपानेले जानकारी दिनुभयो । प्रतियोगितामा ६ सामुदायिक र तीन निजी विद्यालयका छात्रा सहभागी हुनेछन् ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमश: रु दश हजार, रु आठ हजार, रु पॉच हजार र ट्रफी प्रदान गरिनेछ ।

    यस्तै फागुन २४ गते गाउँपालिकाका सात वटै वडाका एकल महिलालाई सम्मान गर्ने निर्णय भएको छ । एकल महिलालाई रातो टिका र रातो सल ओढाएर सम्मान गरिने गाउँपालिकाले जनाएको छ ।

    बैठकमा प्रमुख प्रशासकीय अधिकृत, विभिन्न सङ्घसंस्था, सहकारी संस्था, राजनीतिक दलका प्रमुख एव प्रतिनिधिको सहभागिता थियो ।