म्याग्देमा वन डढेलो नियन्त्रणका लागि शीघ्र उत्तरदायी टिम गठन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्देमा वन डढेलो नियन्त्रणका लागि शीघ्र उत्तरदायी टिम गठन

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७७, बुधबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा वन डढेलो नियन्त्रणका लागि शीघ्र उत्तरदायी टिम गठन गरिएको छ । डिभिजन वन कार्यालय तनहुँको आयोजना र उमाचोक सामुदायिक वन उपभोक्ता समूहको सहआयोजनामा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा वन डढेलो नियन्त्रण, रोकथाम र व्यवस्थापनका लागि शीघ्र उत्तरदायी टिम गठन गरिएको हो ।

    May be an image of काफ्ले राज काेमल, standing and indoor

    म्याग्दे गाउँपालिका–१, २ र ३ का १३ वटा सामुदायिक वनका पदाधिकारीको सहभागितमा मडुवा सामुदायिक वनका लेखराज लामिछानेको संयोजकत्वमा १३ सदस्यीय शीघ्र उत्तरदायी टिम गठन गरिएको हो । वन डढेलो नियन्त्रण गर्ने जिम्मेवारी वन कार्यालयको मात्रै नभई समुदायको पनि भएकाले समुदायका व्यक्तिहरुको सहभागितामा टिम गठन गरिएको सव डिभिजन वन कार्यालय म्याग्देका प्रमुख मनोज रानाभाटले जानकारी दिनुभयो ।

    सोही कार्यक्रममा वन डढेलो नियन्त्रण सम्बन्धी अन्तरक्रिया समेत गरिएको थियो । कार्यक्रममा डिभिजन वन कार्यालय तनहुँका प्रमुख कोमलराज काफ्लेले वन डढेलो नियन्त्रण, रोकथामका बारेमा सहजीकरण गर्नुभएको थियो । वन डढेलो नियन्त्रण वन कार्यालयले मात्रै गर्न नसक्ने भएकाले सरोकारवालाको पनि यसमा उत्तिकै भूमिका आवश्यक रहेको उहाँको जोड थियो ।