७० कटेका आमालाई सम्मान गर्दै बन्दीपुर
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    ७० कटेका आमालाई सम्मान गर्दै बन्दीपुर

    खबरपुञ्ज संवाददाता

    १९ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले ७० वर्ष कटेका आमाहरुलाई सम्मान गर्ने भएको छ । एक सय एघारौ नारी दिवसको अवसरमा बन्दीपुर गाउँपालिकाले ७० वर्ष कटेका आमाहरुलाई सम्मान गर्न लागेको हो ।

    फागुन २४ गते गाउँपालिकाका ६ वटै वडाका आमाहरुलाई सम्मान गर्ने कार्यक्रम तय भएको गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार प्रत्येक वडामै पुगेर आमाहरुलाई सम्मान गरिनेछ । “६ वटै वडाका ९ सय २६ जना आमाहरुलाई पछ्यौरा, प्रमाणपत्र र हर्लिक्स वितरण गरेर सम्मान गर्ने कार्यक्रम राखेका छौ,” गुरुङले भन्नुभयो ।

    नारी दिवसको अवसरमा जिल्लाका विभिन्न स्थानीय तहले फरक–फरक कार्यक्रम गर्दैछन् । म्याग्दे गाउँपालिकाले पनि नारी दिवसको अवसरमा एकल महिलालाई रातो पछ्यौरा र रातो टिका लगाएर सम्मान गर्दैछ ।