थर्पुमा कृषि प्रदर्शनी मेला हुने
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • कृषि

    थर्पुमा कृषि प्रदर्शनी मेला हुने

    खबरपुञ्ज संवाददाता

    २१ फाल्गुन २०७७, शुक्रबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–४ थर्पुु बजारमा रहेको जनसेवा सहकारी संस्था लिमिटेडको आयोजनामा दोस्रो म्याग्दे कृषि प्रदर्शनी मेला हुने भएको छ । गाउँपालिकाका अध्यक्ष मायादेवी रानाको उपस्थितिमा बसेको बैठकले आगामी चैत १५ गते फागुपूर्णिमाको अवसरमा कृषि प्रदर्शनी गर्ने निर्णय भएको हो ।

    म्याग्दे गाउँपालिकाका सबै वडाका कृषकले उत्पादन गरेका सुन्तला, च्याउ, गोलभेडा लगायत पशुपंक्षीको प्रदर्शन गर्दै कृषकलाई प्रोत्साहन गर्ने उद्देश्यले कृषि प्रदर्शनी गर्न लागिएको मूल समारोह समितिका अध्यक्ष तीर्थनारायण मल्लले जानकारी दिनुभयो । प्रदर्शनी सञ्चालनका लागि म्याग्दे गाउँपालिकाको तर्फबाट रु एक लाख ५० हजार आर्थिक सहयोग प्रदान गरिएको छ भने रु दुई लाख १५ हजार सहकारी संस्थाले बेहोर्नेछ ।

    थर्पु बजारमा विगतमा फागुपूर्णिमाको अवसरमा मेला लाग्ने गरेपनि केही वर्षयता उक्त मेला हराउँदै जान थालेको छ । सोही मेलालाई निरन्तरता दिनका लागि कृषि प्रदर्शनी गर्न लागिएको कार्यक्रम संयोजक तीर्थराज वाग्लेले जानकारी दिनुभयो ।

    प्रदर्शनी सम्पन्न गर्नका लागि विभिन्न उपसमिति गठन गरिएको छ । सांस्कृतिक संयोजकमा नरसिं राना, मञ्च व्यवस्थापन संयोजकमा रामबहादुर अधिकारी, प्रचारप्रसार संयोजकमा दुर्गाबहादुर अधिकारी, मूल्याङ्कन संयोजकमा जितराज राना र अनुगमन संयोजकमा डिलबहादुर नेपाली चयन हुनुभएको छ ।

    म्याग्दे गाउँपालिका–४ घर भई हाल बेल्जियम बस्ने पदम गुरुङले गाउँपालिकाभित्र रहेको सात वटै वडामा मौलिक सांस्कृतिक कौरा नृत्यको जगेर्नाका लागि रु एक लाख सहयोग गर्नुभएको छ ।