म्याग्दे गाउँपालिकाद्वारा बङ्गुरका पाठापाठी वितरण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे गाउँपालिकाद्वारा बङ्गुरका पाठापाठी वितरण

    खबरपुञ्ज संवाददाता

    २२ फाल्गुन २०७७, शनिबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकाले कृषकलाई बङ्गुरका पाठापाठी वितरण गरेको छ । निम्न आय भएका कृषकलाई जीविकोपार्जनमा सहयोग पु¥याउने उद्देश्य सहित गाउँपालिकाले बङ्गुरका पाठापाठी वितरण गरेको हो ।

    सात वटै वडाका २५ कृषक छनौट गरी दुई/दुई वटा बङ्गुरका पाठापाठी वितरण गरिएको गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले जानकारी दिनुभयो । आर्थिक स्तर कमजोर भएका कृषकलाई पशुपालनमार्फत् उद्यमशील बनाउने कार्यक्रम बमोजिम उनीहरुलाई सहयोग गरिएको रानाले बताउनुभयो ।