छात्रा फुटबलकाे उपाधि महेन्द्र माविलाई
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    छात्रा फुटबलकाे उपाधि महेन्द्र माविलाई

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०७७, आईतवार

    तनहुँ : एक सय एघारौ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा म्याग्दे गाउँपालिकाले आयोजना गरेको छात्रा फुटबल प्रतियोगिताको उपाधि गुणादीस्थित महेन्द्र माविले जितेको छ ।

    आइतबार सम्पन्न भएको फाइनल खेलमा जनगणपति माविलाई ट्राइबेकरमा पराजित गर्दै छात्रा फुटबलको उपाधि महेन्द्र माविले जितेको हो । निर्धारित समयमा दुवै विद्यालयबाट दुई÷दुई गोल भएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा महेन्द्र मावि ३–१ ले विजयी भएको छ ।

    उपाधिसँगै महेन्द्र माविले रु दश हजार नगद, ट्रफी प्राप्त गर्नेछ भने जनगणपति माविले रु आठ हजार नगद, ट्रफी र प्रमाणपत्र पाउने छ । प्रतियोगितामा राधा मावि तृतीय भएको छ । तृतीय स्थानका लागि भएको खेलमा राधा माविले मिन माविलाई २–० गोल अन्तरले जितेको थियो । तृतीय भएको राधा माविले रु पाँच हजार नगद, ट्रफप् र प्रमाणपत्र पाउनेछ । शनिबारदेखि शुरु भएको प्रतियोगितामा ६ वटा विद्यालयको सहभागिता थियो ।

    विजयी विद्यालयलाई सोमबार आयोजना गरिने नारी दिवसको कार्यक्रममा पुरस्कार वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष मायादेवी राना, उपाध्यक्ष बालकृष्ण घिमिरे, प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारी, उद्योग शाखा प्रमुख प्रदीप न्यौपाने लगायतले फाइनल खेल अवलोकन गर्नुभएको थियो ।