थामडाँडामा भलिबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा दिपेन्द्र स्मृति विजयी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    थामडाँडामा भलिबल प्रतियोगिता शुरु, उद्घाटन खेलमा दिपेन्द्र स्मृति विजयी

    खबरपुञ्ज संवाददाता

    २३ फाल्गुन २०७७, आईतवार

    तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिका–११ थामडाँडामा आइतबारदेखि भलिबल प्रतियोगिता शुरु भएको छ । थामडाँडा युवा क्लवको आयोजनामा शुरु प्रतियोगिताको उद्घाटन खेलमा मान्द्रेस्थित दिपेन्द्र स्मृति युवा क्लव विजयी भएको छ ।

    आयोजक टिमलाई सोझो सेटमा पराजित गर्दै दिपेन्द्र स्मृतिले विजयी शुरुवात गरेको हो । प्रतियोगिताको दोस्रो दिन सोमबार दश वटा खेल हुने आयोजक क्लवका अध्यक्ष लेखबहादुर रानाले जानकारी दिनुभयो । प्रतियोगितामा २२ टिमको सहभागिता छ ।

    प्रतियोगितामा प्रथम, द्वितीय र तृतीयलाई क्रमशः रु ४० हजार, २५ हजार र दश हजार नगद सहित ट्रफी प्रदान गरिनेछ ।

    प्रतियोगिताका वडा सदस्य थमन आलेले उद्घाटन गर्नुभयो । कार्यक्रममा संस्थाका वरिष्ठ सल्लाहकार अमृत थापाले पनि मन्तव्य राख्नुभएको थियो ।