नवौ आदर्श तथा चौथो तारा स्मृति कपमा मंगलबार सात खेल सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नवौ आदर्श तथा चौथो तारा स्मृति कपमा मंगलबार सात खेल सम्पन्न

    खबरपुञ्ज संवाददाता

    २५ फाल्गुन २०७७, मंगलवार

    दुलेगौँडा : आदर्श नमूना क्लबको आयोजनामा जारी नवौ आदर्श तथा चौथो तारा स्मृति कप फुटलबमा मंगलबार सात खेल सम्पन्न भएको छ । प्रतियोगिता सोमबारदेखि शरु भएको हो ।

    तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरीस्थित आदर्शको खेल मैदानमा मंगलबार भएको पहिलो खेलमा फ्रेण्डसिप युथ क्लब बेलचौतारा विजयी भएको छ । फ्रेण्डसिपले शान्ति दिप पोखरालाई ४–० गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।

    दोस्रो खेलमा आयोजक आदर्श नमुना क्लब ‘सि’ ले दिर्बु युवा क्लब दिर्बुलाई १–० को गोल अन्तरले हरायो । तेस्रो खेलामा फ्रेण्डसिप युवा क्लब गुणादीलाई ट्राईबेकरमा ३–२ को हार चखाउदै जनसेवा युवा क्लब गणपते विजयी भएको आयोजकले जनाएको छ ।

    चौथो खेलमा पाथर्दी होमस्टे फुटबल क्लब भानुमतीलाई सम्बृद्धी युवा क्बल तिलाटारले १–० गोल अन्तरमा पराजित गर्न सफल भएको छ । थर्पु युवा क्लब ‘बि’ र मणि युवा क्लब छिम्लिस्वारा बिच भएको पाँचौ खेलमा थुर्प ‘बि’ १–० ले विजयी भयो ।

    छैठौँ खेलमा मालेबगर भिमाद अनुपस्थित भएपछि इगल फुटबल क्लब दुलेगौँडा स्वत दोस्रो चरण प्रवेश गरेको छ । खैरेनी युथ क्बल खेरैनीटारलाई ट्राईबेकरमा २–१ को गोल अन्तरले हराउदै मेट्रोनम दमौली सातौ खेलमा विजयी भयो ।

    मंगलबारको अन्तिम खेलमा भिवाईसी दमौलीले ट्राईबेकरमा बागबजार दमौलीलाई ३–२ गोल अन्तरले पराजित गर्न सफल भएको छ । सोमबार दुई खेल भएका थिए । न्यु स्टार क्लब दमौली र नवदिप बैरेनी विजयी भएका थिए । । बुधबार पहिलो चरणकै ८ खेल हुनेछन् ।

    ३२ टिमको सहभागिता रहेको प्रतियोगिता फागुन २९ गतेसम्म चल्नेछ । विजेताले नगद एक लाख एक रुपैयाँ र उपविजेताले नगद ५० हजार एक रुपैयाँ प्राप्त गर्ने क्लवका अध्यक्ष गाैरवराज रानाले जानकारी दिनुभयाे ।