नवौ आदर्श तथा चौथो तारा स्मृति कप : बुधबार पाँच खेल सम्पन्न, तीन खेल वर्षाले प्रभावित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नवौ आदर्श तथा चौथो तारा स्मृति कप : बुधबार पाँच खेल सम्पन्न, तीन खेल वर्षाले प्रभावित

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७७, बुधबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित आदर्श नमूना क्लवको आयोजनामा जारी नवौ आदर्श तथा चौथो तारा स्मृति कप अन्तर्गत बुधबार पाँच खेल सम्पन्न भएका छन् । तीन वटा खेल भने वर्षाका कारण स्थगित भएको छ । बुधबार दिउँसो परेको वर्षाका कारण छैटौ, सातौ र आठौ खेल स्थगित भएको क्लवले जनाएको छ ।

    May be an image of 2 people, people standing and outdoors

    बुधबार अकला गाउँवेशी (वि) र बरपिपल युवा क्लवबीच भएको खेलमा अकला गाउँवेशी २–० ले विजयी भएको छ । थर्पु युवा क्लव (ए) र डायमण्ड एफसि शिशाघाटबीच भएको दोस्रो खेलमा थर्पु युवा क्लव १–० ले विजयी भएको छ । दोभान युवा क्लव र अकला गाउँवेशी युवा क्लवबीच भएको तेस्रो खेलमा दोभान १–० ले विजयी भएको छ । त्यस्तै डाइभर्सटि एफसि र नवयुवा क्लवबीच भएको खेलमा डाइभर्सटि १–० ले विजयी भएको छ । भ्याली युथ क्लव स्याउली र समाज सुधार युवा केन्द्र धयरेबीच भएको खेलमा भ्याली ३–० ले विजयी भएको छ ।

    May be an image of 4 people, people standing, outdoors and text that says 'KELME KELME'

    ३२ टिमको सहभागिता रहको प्रतियोगिता फागुन २९ गतेसम्म चल्नेछ । प्रतियोगिताका विजेताले रु एक लाख एक र उपविजेताले रु ५० हजार एक प्राप्त गर्ने क्लवका अध्यक्ष गौरवराज रानाले जानकारी दिनुभयो ।