बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरियो

    खबरपुञ्ज संवाददाता

    २६ फाल्गुन २०७७, बिहीबार

    एजेन्सी : स्पेनिस क्लब बार्सिलोना च्याम्पियन्स लिग फुटबलबाट बाहिरिएको छ ।अन्तिम १६ को दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट–जर्मेन (पिएसजी) सँग १–१ को बराबरी खेले पनि समग्रमा ५–२ को हारसहित बार्सिलोना बाहिरिएको हो ।

    घरेलु मैदानमा भएको पहिलो लेगमा बार्सिलोना ४–१ ले पराजित भएको थियो ।

    बुधबार राति भएको खेलमा घरेलु टोली पिएसजीले ३०औँ मिनेटमा केलियन एमबाप्पेले पेनाल्टीमा गरेको गोलबाट अग्रता लियो ।

    ३७औँ मिनेटमा लियोनल मेस्सीले बराबरी गोल गरे । त्यसपछि खेलमा कुनै पनि गोल भएनन् । तर अवे मैदानमा पिएसजीले गरेको ४-१ को जित दोस्रो लेगका लागि पर्याप्त भयो ।