नवौ आदर्श तथा चौथो तारा स्मृति कप : बिहीबार ६ खेल सम्पन्न
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नवौ आदर्श तथा चौथो तारा स्मृति कप : बिहीबार ६ खेल सम्पन्न

    खबरपुञ्ज संवाददाता

    २७ फाल्गुन २०७७, बिहीबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–४ मनहरिस्थित आदर्श नमूना क्लवको आयोजनामा जारी नवौ आदर्श तथा चौथो तारा स्मृति कप अन्तर्गत बिहीबार ६ खेल सम्पन्न भएको छ ।

    बिहीबार न्यु स्टार युनाइटेड (दमौली) र फ्रेण्डसीप (बेलचौतारा) बीच भएको पहिलो खेलमा फ्रेण्डसीप विजयी भएको छ । निर्धारित समयमा दुवै टिमबाट बराबर भएपछि ट्राइबेकरबाट फ्रेण्डसीप ६–५ गोल अन्तरले विजयी भएको छ ।

    May be an image of 4 people, people standing and outdoors

    आदर्श नमूना क्लव (सि) र नवदिप युवा क्लव (बैरेनी) बीच भएको दोस्रो खेलमा नवदिव १–० गोल अन्तरले विजयी भएको छ । आदर्श नमूना क्लव र दोभान शुक्लागण्डकीबीच भएको तेस्रो खेलमा आदर्श २–१ गोल अन्तरले विजयी भएको छ । थर्पु युवा क्लव (बि) र अकला गाउँवेशी (वि) बीच भएको चौथो खेलमा थर्पु युवा क्लव १–० गोलले विजयी भएको छ । इगल एफसि र मेट्रोनोमबीच भएको पाँचौ खेलमा ट्राइबेकरबाट इगल ३–२ ले विजयी भएको छ । भिवाइसी दमौली र डाइभर्सिटी एफसबीच भएको छैटौ खेलमा डाइभर्सिटी २–१ ले विजयी भएको छ ।

    May be an image of 7 people, people standing and outdoors
    May be an image of 7 people, people standing and outdoors

    ३२ टिमको सहभागिता रहको प्रतियोगिता फागुन २९ गतेसम्म चल्नेछ । प्रतियोगिताका विजेताले रु एक लाख एक र उपविजेताले रु ५० हजार एक प्राप्त गर्ने क्लवका अध्यक्ष गौरवराज रानाले जानकारी दिनुभयो ।