नवौ आदर्श तथा चौथो तारा स्मृति कप : दोभान-थर्पु (बी) तथा इगल-थर्पु (ए) सेमिफाइनलमा भिड्दै
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    नवौ आदर्श तथा चौथो तारा स्मृति कप : दोभान-थर्पु (बी) तथा इगल-थर्पु (ए) सेमिफाइनलमा भिड्दै

    खबरपुञ्ज संवाददाता

    २८ फाल्गुन २०७७, शुक्रबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका-४ मनहरिस्थित आदर्श नमूना क्लवको आयोजनामा जारी नवौ आदर्श तथा चौथौ तारा स्मृति कपमा शुक्रबार क्वाटरफाइनलका खेल सम्पन्न भएका छन् । क्वाटरफाइनलबाट दोभान युवा क्लव, थर्पु युवा क्लव (बि), इगल एफसी र थर्पु युवा क्लव (ए) सेमिफाइनल प्रवेश गरेका छन् ।

    सेमिफाइनल अन्तरगत शनिबार पहिलो खेल दोभान र थर्पु (बि) बीच हुनेछ भने दोस्रो खेल इगल र थर्पु (ए) बीच हुने क्लवका अध्यक्ष गौरवराज रानाले जानकारी दिनुभयो । साथै प्रतियोगिताको फाइनल खेल पनि शनिबार नै हुनेछ ।

    शुक्रबार भएको खेलमा दोभान डाइभर्सिटी एफसीलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको हो । निर्धारित समयमा बराबरी भएपछि दोभानले ट्राइबेकरमा डाइभर्सिटीलाई ३-१ ले पराजित गरेको हो। उक्त खेलमा दोभानका गोलरक्षक सागर गुरुङ म्यान अफ दि म्याच घोषित हुनुभयो । उहॉलाई वडासदस्य सोम थापा र एकता युवा क्लवका उपाध्यक्ष केशबहादुर खातीले ट्रफी हस्तान्तरण गर्नुभयो ।

    त्यस्तै इगल एफसी नवदिप क्लवलाई १-० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको आयोजकले जनाएको छ । उक्त खेलमा इगलका प्रियसन गुरुङ म्यान अफ दि म्याच घोषित हुनुभयो । उहॉलाई दोभान क्लवका अध्यक्ष नलसिं दरै र आदर्श नमूना क्लवका अध्यक्ष रानाले ट्रफी हस्तान्तरण गर्नुभयो ।

    क्वाटरफाइनल अन्तरगत नै थर्पु युवा (ए) फ्रेण्डसीप युवा क्लवलाई १-० ले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ । उक्त खेलमा थर्पुका मनिष क्षेत्री म्यान अफ दि म्याच घोषित हुनुभयो । उहॉलाई म्याग्दे-४ का वडासदस्य दिपक श्रेष्ठ र आदर्शका अध्यक्ष रानाले ट्रफी हस्तान्तरण गर्नुभयो ।

    त्यस्तै थर्पु (बि) आदर्श नमूना (डि) लाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ।

    ३२ टिमको सहभागिता रहेको प्रतियोगितामा विजेतालाई नगद रु एक लाख एक र उपविजेतालाई रु ५० हजार एकका साथै ट्रफी प्रदान गरिनेछ ।