चट्याङ लागेर लमजुङमा किशोरको मृत्यु
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • गण्डकी

    चट्याङ लागेर लमजुङमा किशोरको मृत्यु

    खबरपुञ्ज संवाददाता

    २ चैत्र २०७७, मंगलवार

    लमजुङ : चट्याङ लागेर लमजुङमा मङ्गलबार एक किशोरको मृत्यु भएको छ । मृत्यु हुनेमा लमजुङको क्वहोलासोथार गाउँपालिका–४ भुजुङ बस्ने १८ वर्षीय विनोद विक रहेको प्रहरीले जनाएको छ ।

    क्वहोलासोथार गाउँपालिका–४ स्थित त्रिभुवन विद्याआश्रम माध्यमिक विद्यालयमा अचानक परेको चट्याङबाट घाइते विकका उपचारका लागि हेलिकप्टरबाट पोखरा लैजाँदै गर्दा मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

    चट्याङ लागेर सोही विद्यालयमा अध्ययनरत नौ जना विद्यार्थी र दुई जना शिक्षिका घाइते भएका थिए । घाइतेमध्ये छविन्द्र गुरुङको मणिपाल शिक्षण अस्पतालमा उपचार भइहेको छ ।