कारवेली कपमा तनहुँको दुई टिमको जित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • खेलकुद

    कारवेली कपमा तनहुँको दुई टिमको जित

    खबरपुञ्ज संवाददाता

    ३ चैत्र २०७७, बुधबार

    तनहुँ : पोखरा महानगरपालिका–२७ अर्घौस्थित कारवेली युवा क्लवको आयोजनामा बुधबारदेखि शुरु दोस्रो कारवेली युवा कप बास्केटबल प्रतियोगितामा तनहुँको दुई टिमले विजयी शुरुवात गरेको छ ।

    प्रतियोगितामा सहभागी भएको दमौली भेट्रान्स र दमौली युवाले विजयी शुरुवात गरेको हो । दमौली भेट्रान्सले गगनगौडा भेट्रान्सलाई तथा दमौली युवाले पश्चिम पृतनालाई पराजित गरेको छ ।

    No description available.