खुल्ला मैदानलाई यथास्थितिमा राख्न माग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    खुल्ला मैदानलाई यथास्थितिमा राख्न माग

    खबरपुञ्ज संवाददाता

    ४ चैत्र २०७७, बिहीबार

    तनहुँ : तनहुँको व्यास नगरपालिका-३ खुल्लामैदानमा मञ्च सहितको संरचना निर्माण शुरु भएपछि स्थानीयवासीबाट विरोध शुरु भएको छ । खुल्लामैदानलाई यथास्थितिमै राख्नुपर्ने आवाज उठेको छ।

    स्थानीयको मागलाई समर्थन जनाउँदै स्कूल अफ डेमोक्रेसी तनहुँले नागरिक र आम सर्वसाधारणले उठाएको मागमा सकारात्मक हुन जिल्ला समन्वय समिति र व्यास नगरपालिकालाई आग्रह गरेको छ । संस्थाको बिहीबार बसेको बैठकले सर्वसाधारणको माग समर्थन गर्दै सम्बन्धित निकायलाई उक्त निर्णय पुनर्विचार गर्न आग्रह गरेको अध्यक्ष डम्बर अधिकारीले जानकारी दिनुभयो ।

    बैठकले सहिद परिवार तथा लोकतान्त्रिक आन्दोलनमा योगदान पुरयाएका व्यक्तिहरुको पहिचान गरी सम्मान गर्ने निर्णय समेत गरेको छ । सो कार्यका लागि संस्थाका सदस्य गलबहादुर गुरुङलाई संयोजक तोकिएको छ । त्यसैगरी बैठकले लोकतन्त्रको स्थायित्वका लागि युवा पुस्ताको भूमिका विषयक मा.वि.स्तरीय वकृत्वकला प्रतियोगिता समेत आयोजना गर्ने निर्णय गरेको छ । सो कार्यक्रमका लागि सह–सचिव सरोज भण्डारीको संयोजकत्वमा तोकिएको छ ।त्यस्तै सदस्यहरुमा उदयचन्द्र कंडेल, मनबहादुर रुचाल ,रिया गुरुङ र सुमन भट्राईलाई सदस्य तोकिएको छ ।